पानीझरी नभनी बर्साले पुर्याएको क्षतिको अनुगमन र तत्कालिन राहत बाढ्दै लालीगुराँस नगरपालिका

२०७७ साउन ६

अविरल बर्सा सँगै आएको बाढी पहिरोले गर्दा लालीगुराँस नगरपालिकाका विभिन्न वार्डहरुमा भएको क्षतिको अनुगमन मयेर अर्जुन माबुहांग नेतृत्वको टोलीले गरेको छ। लालीगुराँस नगरपालिका विभिन्न वार्डमा भएको क्षतिको अनुगम गर्दै तत्कालिन रोकथामका निमित्त नगरपालिकाले राहत स्वरूप त्रिपाल,ग्याबिंग जाली साथै खाने पानीको पाइप समेत प्रदान गरेको छ। अनुगमनका क्रममा मेयर माबुहांगले स्थानीय जनताको पीरमार्का सुन्नुका साथै नगरपालिका सधै जनताको हकहितमा लागिरहने प्रतिबद्धता जनता सामु व्यक्त गरेका छन् । मेयर माबुहांग सँगै ७ नम्बर वार्डका अध्यक्ष देवेन्द्र खड्का र ९ नम्बर वार्ड अध्यक्ष अम्बर गुरुङ लगायतको अनुगमन एवम राहत वितरण टोलीमा उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *