तीजको चहलपहल कोरोनाबाट प्रभावित

काठमाडौँ। हिन्दु नारीहरुहरुको चाड तीज यो बर्ष ब्याप्त कोरोना र लकडाउनले प्रभावित पारेको छ। देशभरि कोरोना संक्रमण बढ्दै गर्दा लकडाउन गरी केन्द्रिय र स्थानीय सरकारले भीड भाड नगर्न निर्देशन दिएको छ। काठमाडौँ लगायत कयौं जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी भएर पसल, शपिंगमल, रेस्टुरेन्ट संगै विभिन्न सरकारी र निजी कार्यालयहरु बन्द भएका छन। 

तीजको लागि महिना, साता अघिबाट नै तयारी थालिने यसपाली बजार बन्दाबन्दीले महिलाहरुले तीजको लागि किनमेल गर्न पाएका छैनन। तीजमा विवाहित महिलाहरु माईती घर गएर आमा, दिदी, बहिनीहरु संग रमाइलो गरी आफ्नो श्रीमानको लामो आयुको लागि बर्त बस्ने गर्छन। तर यसपाली सबैजना आफ्नो घरमा मात्र सिमित भई तीज मनाउन बाध्य भएका छन।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन सम्म मनाईने हरितालिका तीजको पौराणिक महत्व रहेको छ। हिन्दु पौराणिक कथा अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन र त्यस दिन देखि हरितालिका तीजको रुपमा हिन्दु नारीहरु आफ्नो पतिका लागि बर्त बस्दै आइरहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *