बायर्नको च्याम्पियन्स लिगमा छैठौं पटक उपाधि हासिल

भदौं ८ काठमाडौँ। जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग मा छैठौ पटक उपाधि हात पारेको छ। आइतबार राति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले उक्त जित हासिल गरेको हो। च्याम्पियन्स लिग मा बायर्नको यो उपाधि ७ बर्ष पछिको ऐतिहासिक जित साबित भएको छ। यस सिजनमा कुनै पनि खेल नहारी बायर्नले फाइनलमा पुगी उपाधिमा कब्जा जमाएको छ। 

पोर्चुगलको लिस्वनमा भएको फाइनल खेलमा पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले गोल गरेर बायर्नलाई जित दिलाएका थिए। खेलमा एक मात्र गोल भएको थियो र त्यो गोल नै उपाधिको लागि निर्णायक साबित भयो। २४ वर्षीय कोमनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै उपाधि दिलाएका थिए।

यस अघि बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ गरि ५ पटक उपाधि हात पारेको थियो। अहिले सम्म च्याम्पियन्स लिग प्रतियोगितामा भाग लिदै बायर्नले ११ पटक फाइनल पुग्न सफल भएको छ जसमा ६ पटक उपाधि जितेको र ५ पटक भने उपविजेता भएको आकडा कायम छ। सर्बाधिक उपाधि जित्ने क्लबहरुमा १३ पटक रियल मड्रिड र ७ पटक एसी मिलान रहेका छन। यो वर्षको छैठौ उपाधि संगै बायर्न म्युनिखले लिभरपुलसंग तेस्रो स्थान साझा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *