कर्णाली नदीमा बगेर दुई बालकहरु बेपत्ता

दैलेख। कर्णाली नदीमा बगेर दैलेखका दुई बालकहरु बेपत्ता भएका छन। आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालकहरु देव भन्ने ठाउँमा नुहाउने क्रममा मंगलवार दिउँसो १ बजे बेपत्ता भएका हुन। दैलेखका १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी नाम गरेका बालकहरु बेपत्ता भएको इलाका प्रहरी कार्यालय राकमले सूचना दिएको छ। 

बेपत्ता हुनेको खोजीका लागि रुकुम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र तीब्र खोज अनुसन्धान भैरहेको जिल्ला  प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिएका छन। प्रहरीका रिपोर्ट अनुसार बालकहरु बाख्रा चराउन जादाँ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *