बितेको २४ घण्टामा ८८४ कोरोना संक्रमित थपिए प्रदेश १ मा ९८ संक्रमित थप

बितेको २४ घण्टामा ८८४ कोरोना संक्रमित थपिएको र जसमध्ये २४२ महिला र ६४२ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा मन्त्रालयका प्रबक्ता डा- जागेश्वोर गौतमले जानकारी दिए अनुसार उक्त अबधि मा १२ जना संक्रमितको मृत्यु समेत भएको छ। त्यस्तै गरि प्रदेश १ मा ९८ जना नया संक्रमित थपिएका छन् जसमध्ये मोरङ ३१, सुनसरी २४ , झापा २०, धनकुटा १९ ,संखुवासभा ३ र इलाममा १ संक्रमित भेटिएका छन्।

प्रदेश १ मा क्वारेनटाइनमा हाल ७३४ रहेका छन् भने , आइसियु मा १५ र भेन्टिलेटर मा २ जना उपचाररत छन्। प्रदेश १ मा कोरोन संक्रमण पछि निको भएर घर फर्किने को हाल सम्मको संख्या १५५९ पुगेको छ। प्रदेश १ मा ५०० भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ जिल्ला मात्र रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जगेश्वोर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *