सज्जा चौलागाईँ बनिन नेपाल आइडल सिजन-३ को बिजेता

काठमाडौँ। नेपाल आइडल सिजन-३ को उपाधि मोरङकी सज्जा चौलागाईँले जितेकी छिन। त्यस्तै फस्ट रनर अप प्रवीण बेडवाल र सेकेन्ड रनर अप किरण भुजेल भएका भएका छन। सिजन ३ बिजेता घोषणा संगै सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन। त्यस्तै क्रमश: प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाएका छन।

शुक्रबार राति सिजन-३ को बिजेता घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सुचना दिइएको थियो। संक्रमणकै कारण ग्राण्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित रहेका थिएनन। 

नेपाल आइडल निर्माण तथा संचालक समुहले निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त भए संगै सम्पूर्ण कार्यक्रम बन्द गर्नु परेको थियो। तर प्रतिस्पर्धी तथा आम दर्शकलाई निराश नबनाई प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले नेपाल आइडल सिजन-३ को बिजेता घोषणा गर्नु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *