स्मरण

कवि गौलोचन ढुंगाना

रितिएर आफैँ
मलाई नै पूर्ण बनाई
यो के गरेर तिमी टाढा भयौँ ?

जीवनरुपी किताबकोे
धेरै पन्ना अध्यायमा
आफ्नै प्रेमको अधुरो काहनी लेखाएर गयौ

कति रोयौ,
पिडा आफ्नै भुलेर
मेरै मात्र घाउमा मलम लगाएर गयौ

टाढा धेरै
तरपनि नजिकै लाग्ने
यो कस्तो प्रित तिम्ले बसाएर गयौ

प्रिय मान्छे
कस्तो छ तिमीलाई ?
खबर पनि पराईबाट थाहपाउने बनाएर गयौ

हुदैन् चाहेझै
लेखान्त मेट्न नसकिने
आफ्नै मान्छे आज बिरानो बनेर गयौ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *