खोलाले बगाउंदा मकवानपुरमा दुई जनाको मृत्यु

मकवानपुर। मकवानपुर जिल्लामा खोलाले बगाउंदा आज आइतवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु पतिपत्नी रहेको जनाइएको छ। मकवानपुरगढी गाउँपालिकामा रहेको सामरी भन्ने खोलाले बगाउदा ती पतिपत्नीको ज्यान गएको हो। मृत्यु हुने पतिपत्नीको नाम ज्ञानबहादुर परियार र तुलसा परियार खुलाएको छ।  

मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीका अनुसार दाम्पति स्थानीय रहेको र ती दम्पति मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा खोलाले बगाएको थियो। 

खोलाको बहावले पतिपत्नीलाई बगाएर ६० फिट तलसम्म पुर्याएको जानकारी इलाका प्रहरी कार्यालयले दिएको छ। केही दिन यता देखि परेको अविरल वर्षाले देशका बिभिन्न स्थानमा रहेका खोला, नदिहरुमा पानीको बहाव बढेको छ। गत शनिवार मकवानपुरको बिभिन्न स्थानमा तीन जनाको खोलामा डुबेर ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *