आइपीएल २०२० मा सनराइजर्स हैदराबादको पहिलो जीत

मंगलवार भएको टी२० खेलमा सनराइजर्स हैदराबादले आइपीएल २०२० मा आफ्नो पहिलो जीत हासिल गरेको छ। सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बीच खेलिएको उक्त खेलमा हैदराबादले १५ रनले दिल्लीलाई पराजित गरेको हो। आइपीएल २०२० मा हैदराबादले हालसम्म ३ खेल खेलेको छ जसमा २ ओटा हार र एउटा जीत सामेल छ। 

आइपीएल २०२० को ११औँ खेलमा टस जितेको दिल्ली क्यापिटल्सले सुरुमा बलिङ् गर्ने निर्णय गरेको थियो। ब्याटिङ् गर्न मैदानमा उत्रेको हैदराबादले २० ओभरमा ४ विकेटको नोक्सानीमा १६२ रन बनाउन सफल भएको थियो। हैदराबादको तर्फबाट जोनी बेरस्टोले ५३, डेविड वार्नरले ४५, केन विलियमसनले ४१ रनको योगदान दिएका थिए। दिल्लीको तर्फ़बाट कगीसो रबाड़ा र अमित मिश्राले २-२ विकेट प्राप्त गरेका थिए।

१६३ रनको लक्ष्यलाई पछ्याउन मैदानमा उत्रेको दिल्ली सम्पूर्ण २० ओभरमा जम्मा १४७ रन मात्र बनाउन सफल भएको थियो। ब्याटिङ् लाइन अप खल्बलिएको उक्त खेलमा सर्वाधिक शिखर धवनले ३४ रिसव पन्तले २८, सिमरन हेटमायरले २१ रन बनाएका थिए। हैदराबादको तर्फ़बाट राम्रो बलिङ् गर्दै बलर्सले दिल्लीको ७ विकेट झारेका थिए। यसरी रसिद खानले ३, भुवनेश्वर कुमारले २, थंगरसू नटराजनले १ विकेट प्राप्त गरेका थिए।

दिल्ली क्यापिटल्सले हालसम्म ३ ओटा खेल खेलेको छ जसमा २ ओटा जीत र १ ओटा हार सामेल छन। 

हैदराबादको तर्फबाट हिजोको खेलमा रसिद खानले ४ ओभरमा १४ रन खर्च गरेर ३ विकेट प्राप्त गरेका थिए। रसिदको उक्त खेल देखेर उनलाई हिजोको खेलको उकृष्ट खेलाडी घोषना गरिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *