मुम्बई इन्डियन्स को आइपीएल २०२० मा दोस्रो जीत

आइपीएल २०२० को १३ औं खेलमा मुम्बई इन्डियन्स ले ४८ रनले किङ्स इलाभेन पञ्जाबलाई जितेको छ। यो जीत २०२० सिजनमा मुम्बईको दोस्रो जीत हो। उक्त जीत संगै मुम्बई ४ अंक तालिकामा सामेल भएको छ। यस अघि मुम्बई तीन ओटा खेलमा १ खेलमा मात्र जीत हात पार्न सफल भएको थियो। 

किङ्स इलाभेन पञ्जाब टस जितेर सुरुमा बलिङ् गर्ने निर्णय गरेको थियो। पञ्जाबको तर्फबाट सुरुवाती बलिङ राम्रो रह्यो। पहिलो ओभरको ५औं बलमा नै मुम्बई इन्डियन्स का क्विन्तन डिकोक शुन्य रनमा आउट भए। त्यसपछि ब्याटिंङ् गर्न आएका सुर्य कुमार यादव ७ बल खेलेर निजी १० रन बनाएर रन आउट भए। करिब ६ रन प्रति ओभर आइ रहदा १३ ओभरको अन्त्यमा इशान किशन ३१ बलमा २८ रन मात्र बनाएर बाहिरिए। मुम्बई इन्डियन्सको क्याप्टेन रोहित शर्माले ४० बलमा आफ्नो अर्ध सतक पुरा गरे। रोहित र काइरन पोलार्ड बीच राम्रो पाटनरशीप हुदैं गर्दा रोहित ४५ बलमा ७० रन बनाई आउट भए। त्यसपछि हार्दिक पांडया ब्याटिंङ्का लागि मैदान प्रवेश गरे। पोलार्ड र पांडयाले अन्तिम ४ ओभरमा राम्रो ब्याटिङ् गरेर मुम्बई इन्डियन्सको स्कोरलाई ४ विकेटको नोक्सानीमा १९१ रन सम्म पुर्याए। उक्त स्कोरमा पोलार्डले २० बलमा ४७ रन र पांडयाले ११ बलमा ३० रनको योगदान दिए।

पञ्जाबको तर्फबाट सेल्डन कतरेल, मोहम्मद शामी र कृष्णअप्पा गौतमले क्रमश: १-१ विकेट प्राप्त गरे।

जीतको लागि १९२ रनको लक्ष्य पाएको पञ्जाबको सुरुवाती ब्याटिङ् केहि राम्रो भए पनि ५ औं ओभरमा ओपनिङ् ब्याट्सम्यान मयंक अग्रवाल १८ बलमा २५ रन बनाई आउट भए। लगतै करुण नायर शुन्य रनमा बाहिरिए। त्यसपछि ९औं ओभरको सुरुवातमा पञ्जाबको क्याप्टेन के.एल.राहुल १९ बलमा १७ रन बनाई आउट भए। १४ औं ओभरमा पञ्जाबको स्कोर १०० पुग्यो। यसै संगै राम्रो ब्याटिङ् गरिरहेका निकोलस पुरन २७ बल खेली निजी ४४ रनमा बाहिरिए। उक्त विकेटको पतन संगै पञ्जाबको ब्याटिङ् लाइन अप खलबलियो र कोहि ब्याट्सम्यान टिक्न सकेनन्। कृष्णअप्पा गौतमले १३ बलमा २१ रन संगै खेलमा नट आउट भए पनि २० ओभरको खेलमा पञ्जाबको स्कोर ८ विकेटको हानीमा १४३ रनमा मात्र सिमित भयो।

मुम्बई इन्डियन्स को तर्फबाट जस्प्रित बुमरा, राहुल चहर र जेम्स पेटिसनले क्रमश: २-२ विकेट प्राप्त गर्न सफल भए। त्यसै गरि १-१ विकेट प्राप्त गर्नेहरुमा ट्रेन्ट बोल्ट र कुनाल पांडया रहे।किङ्स इलाभेन पञ्जाब विरुद्ध मुम्बई इन्डियन्स खेलमा उत्कृष्ट खेलाडी उपाधि काइरन पोलार्डले पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *