गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने एक जना पक्राउ

गुल्मी। गुल्मीमा बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।  गुल्मीको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेतलाई प्रहरीले  मङ्गलबार साँझ पक्राउ गरेको छ। अनिल बस्नेत इस्मा – १ हर्पुकोट स्थित आफन्तका घरमा बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । स्रोतका अनुसार बस्नेतले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुर बस्नेतलाई कुटपिट गरी घाइते पारेका थिए। घाइते दिलबहादुर बस्नेतलाई उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको थियो।

बुबाको हत्या गरी अनिल फरार भएका थिए। फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट प्रहरीले पक्राउ गरिएको छ। यो जानकारी  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले दिएका छन्। अनिलले उक्त आफुले गरेको अपराध स्वीकार गरिसकेको बताइएको छ । सूचना अधिकारी पन्थका अनुसार अहिले अनिल प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पुर्याएर उनलाई कारागार चलान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *