रोयल च्यालेञ्जर्स बेंगलोर को आइपीएल २०२० मा पाँचौ जीत

आइपीएल २०२० को २८ औं खेलमा रोयल च्यालेञ्जर्स बेंगलोरले पाँचौ जीत हासिल गरेको छ। रोयल च्यालेञ्जर्स बेंगलोर बिरुद्ध कोलकत्ता नाइटराइडर खेलमा बेंगलोरले कोलकत्तालाई ८२ रनले पराजित गरेको छ। सोमवार भएको उक्त खेल जित्दै बेंगलोरले आइपीएल अंक तालिकामा १० अंक प्राप्त गरेको छ। 

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा बेंगलोरले टस जिती सुरुमा ब्याटिंग गर्ने निर्णय गरेको थियो। राम्रो सुरुआत गरेको बेंगलोर ले पहिलो विकेट देवदत्त पदिक्कलको रुपमा ६७ रनको स्कोरमा गुमाएको थियो। देवदत्त बेंगलोरको लागि २३ बलमा ३२ रन बनाएका थिए। त्यसपछि आरन फिंच ४७ रनको निजी स्कोरमा आउट भए। अब क्रिजमा विराट कोहली र एबी डेविलीयर्स थिए। उक्त जोडीले ४७ बल खेली १०० रनको पाटनरसीप कायम गरे। उक्त पाटनरसीपमा कोहलीले ३३ र डेविलीयर्सले ७३ रनको योगदान दिए। उक्त पाटनरसीपसंगै कोहली र डेविलीयर्सको जोडीले आइपीएलमा ३००० रनको पाटनरसीप पुरा गरेको छ। एसरी उक्त २० ओभरको खेलमा बेंगलोरले २ विकेट गुमाउदै १९४ रन बनाउन सफल भएको थियो। 

कोलकत्ताको तर्फबाट प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १-१ विकेट प्राप्त गरे।

जीतको लागि १९५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको कोलकत्ताको सुरुवात राम्रो रहेन। टिमको २३ रनको स्कोरमा कोलकत्ताले पहिलो विकेट गुमायो र त्यसपछि विकेट एक पछि अर्को झर्दै गयो। सुब्मन गिल बाहेक अन्य कोलकत्ताका ब्याट्सम्यान १६ रन भन्दा बढी बनाउन सकेनन। सुब्मन गिलले २५ बलमा ३४ रन बनाएका थिए। यसरी ओपनर र मिडल अडर नचलेपछि कोलकत्ता २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन मात्र बनाउन सक्यो। 

बेंगलोर को तर्फबाट बलिङ्ग गर्दै क्रिस मोरिस र वाशिंगटन सुन्दरले समान २-२ विकेट झारे। त्यस्तै नपदीप सैनी, मोहम्मद सिराज, युजवेंद्र  चहल र इसुरु उडाना सबैले समान १-१ विकेट प्राप्त गरे।

बेंगलोर विरुद्ध कोलकत्ता खेलमा एबी डेविलीयर्सले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे। उनले मात्र ३३ बल खेल्दै ७३ रन आर्जित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *