दिल्ली क्यापिटल्स द्वारा राजस्थान रोयल्स दोस्रो पटक पराजित

आइपीएल २०२० को ३० औं खेलमा दिल्ली क्यापिटल्स द्वारा राजस्थान रोयल्स पराजित भएको छ।  बुधवार भएको उक्त खेलमा दिल्लीले १३ रनले राजस्थानलाई हराएको हो। यस अघि राजस्थान दिल्लीद्वारा एक पटक हारिसकेको थियो र यो राजस्थानको दिल्लीद्वारा दोस्रो हार हो। यस सिजनमा दिल्लीले जम्मा ८ खेल खेलेको जसमा ६ खेलमा जीत प्राप्त गरेको छ।  अहिले आइपीएल अंक तालिकामा सर्बाधिक १२ अंक प्राप्त गरि दिल्ली शिर्ष स्थानमा रहेको छ। 

दुवई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर दिल्ली सुरुमा ब्याटिंग गर्ने निर्णय गरेको थियो। खराब सुरुवात गरेको दिल्ली शुन्य रनमा पहिलो र मात्र १० रनमा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि शिखर धवन र क्याप्टेन श्रेयस अय्यरले आ- आफ्नो अर्ध सतक सहित टिमको स्कोरलाई अगाडी बढाए। शिखरले ३३ बलमा ५७ रन बनाए भने श्रेयसले ४३ बलमा ५३ रन जोडे। त्यस्तै अन्य ब्याट्सम्यानहरु मार्कस स्टोइनिस र अलेक्स क्यारीले क्रमश: १८ र १४ रनको योगदान दिए। यसरी २० ओभरको खेलमा दिल्लीले ७ विकेट गुमाउदै १६१  रन बनाउन सफल भयो।

राजस्थानको तर्फबाट बलिङ्ग गर्दै जोफ्रा अर्चरले ३ र जयदेव उनाकड़ले २ विकेट झारे। त्यस्तै कार्तिक त्यागि र श्रेयस गोपालले समान १-१ विकेट प्राप्त गरे।

१६२ रनको लक्ष्यको  सामना गर्न मैदान उत्रेको राजस्थानले राम्रो रन रेटले सुरुवात गरेको थियो तर त्यो लय दिगो हुन सकेन। राजस्थानले पहिलो विकेट टिमको ३७ रनको स्कोरमा गुमायो। मिडल अडर खलबलाए पछि टिमको खेल बिग्रियो। विकेट एक पछि अर्को झर्दै गए र २० ओभरको खेलमा राजस्थानले ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो। राजस्थानको  तर्फबाट बेन स्ट्रोकले ४१, रोबिन उथप्पाले ३२, सन्जु स्याम्सनले २५ र जोस बत्लरले २२ रन बनाएका थिए।

दिल्लीको तर्फबाट तुशार देश्पान्ड़े र एनरिच नोर्टेले समान २-२ विकेट झारे। त्यस्तै १-१ विकेट प्राप्त गर्ने समुहमा कागीसो रबाड़ा, रविचन्द्रन आश्विन र अक्षर पटेल जस्ता बलर सहभागी भए। दिल्ली विरुद्ध राजस्थान खेलमा उत्कृष्ट खेलाडीको  उपाधि एनरिच नोर्टेले पाए। उनले ४ ओभरमा ३३ रन खर्च गरी २ विकेट प्राप्त गरे।

आज बिहिवार रोयल च्यालेंजर्स बेंगलोर र किङ्स इलाभेन पञ्जाब बीच खेल हुदैछ। यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे बाट सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *