आइपीएल २०२० मा मुम्बई इन्डियन्सको लगातार जीत

आइपीएल २०२० को ३२ औं खेलमा मुम्बई इन्डियन्स द्वारा कोलकत्ता नाइट राइडर्स पराजित भएको छ। उक्त खेलमा मुम्बई इन्डियन्सले १९ बल छदै ८ विकेटले कोलकत्ता नाइट राइडर्सलाई हराएको हो। यस सिजनमा हालसम्म मुम्बई ८ खेल खेलेको जसमा ६ खेल जितेको छ। यो जीतसंगै मुम्बईले लगातार ५ जीत आफ्नो खातामा जोडेको छ। अहिले मुम्बई ६ जित संगै आइपीएल तालिकामा १२ अंक प्राप्त गरेको छ। 

शेख जायेद स्टेडियममा भएको खेलमा टस जितेर कोलकत्ता सुरुमा ब्याटिंग गर्ने निर्णय गरेको थियो। खराब सुरुवात गरेको कोलकत्ताले पहिलो विकेट मात्र १८ रनमा गुमाएको  थियो। लगातार विकेट झर्दै गएपछि कोलकत्ता ४२ रनको स्कोरमा ४ विकेट गुमाइसकेको थियो। कोलकत्ताको पाँचौ विकेट खसेपछि इयोन मोर्गन र प्याट कमिन्सले मिलेर टिमको स्कोरलाई अगाडी बढाए। यसरी २० ओभरको खेल सकिदा स्कोरबोर्डमा कोलकत्ताले ५ विकेट गुमाउदै १४८ रन बनाएको थियो। कोलकत्ताको तर्फबाट प्याट कमिन्सले ५३, इयोन मोर्गनले ३९, सुब्मन गिलले २१ र आन्द्रे रसलले १२ रनको योगदान दिए।

मुम्बई इन्डियन्सको तर्फबाट राहुल चहरले २ विकेट झारे भने ट्रेन्ट बोल्ट, नाथन कल्टर नाइल, र जस्प्रित बुमराले समान १-१ विकेट प्राप्त गरे।

जीतको लागि १४९ रनको लक्ष्य पाएको मुम्बई इन्डियन्सले ब्याटिंग गर्न मैदानमा उत्र्यो। राम्रो सुरुवात गरेको मुम्बईले १७ औं ओभरको पाँचौ बलमा उक्त लक्ष्य भेटेको थियो। मुम्बईले २ विकेटको क्षतिमा १४९ रन १९ बल बाकी छदै बनाउन सफल भएको थियो। मुम्बई इन्डियन्सको तर्फबाट सर्बाधिक क्विनटन डिकोकले ४४ बलमा ७८ रन बनाएका थिए। बाकी ब्याट्सम्यानहरु रोहित शर्माले ३५, हार्दिक पांदियाले २१ र सूर्यकुमार यादवले १० रन बनाएका थिए।

कोलकत्ताको तर्फबाट वरुण चक्रवर्ती र शिवम मावीले समान १-१ विकेट प्राप्त गरे।

मुम्बई विरुद्ध कोलकत्ता खेलमा क्विनटन डिकोकले उत्कृष्ट खेलाडीको उपाधि पाए। 

आज शनिवार रोयल च्यालेंजर्स बेंगलोर विरुद्ध राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विरुद्ध चेन्नई सुपर किङ्ग गरी २ ओटा खेल हुनेछ। पहिलो खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार दिउसो ३:४५ बजे बाट सुरु हुनेछ। त्यस्तै दोस्रो खेल शारजाह क्रिकेट स्टेडियममा बेलुका ७:४५ बजेबाट सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *