जाडो याममा महामारी बढ्न सक्ने सम्बन्धमा प्रधानसेनापति को निर्देशन

काठमाडौँ। बढ्दो बर्तमान कोरोना संक्रमणको विश्लेषण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा यो महामारी बढ्न सक्ने बताएका छन। साथै जाडो याममा महामारी नियन्त्रण गर्नको लागि पूर्वतयारी सहित सबै पृतनालाई सरोकार  निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन।

कोरोना महामारीले सुरक्षा फौज र तिनका परिवारलाई लक्षित गर्दै थापाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन सल्लाह दिएका छन। साथै यदि कोरोना संक्रमित भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्ने थापाको निर्देशन रहेको छ। प्रधानसेनापति ले सुरक्षा निकायको प्रसंसा गर्दै भने “सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पुर्याएको छ।”

बैठकमा भएको छलफलमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग सहित पृतना सामेल थिए। सबै निकायद्वारा आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान अवस्था र कोभिड–१९ बाट  सिर्जित सुरक्षा र चुनौती एवं  आगामी कार्यनीतिका सम्बन्धमा  सुझावसहितको प्रस्तुतीकरण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *