केकेआर बिरुद्ध खेलमा आरसीबी को सजिलो जीत

आईपीएल २०२० को ३९ औं खेलमा केकेआर बिरुद्ध खेलमा आरसीबी ले सजिलो जीत प्राप्त गरेको छ यो जीत बेंगलोरले ६.३ ओभर बाकी छदै ८ विकेटले प्राप्त गरेको छ। 

यो सिजनमा कोलकत्तासंग भएको दुवै खेलमा बेंगलोरले आफ्नो जीत कायम गरेको छ। अहिले सम्म १० खेल खेलेको बेंगलोरले ७ खेलमा विजय हासिल गरेको छ। यसै संगै आईपीएल अंक तालिकामा १४ अंक सहित बेंगलोर दोस्रो स्थानमा पुगेको छ। 

टस जितेर ब्याटिंग गर्न मैदान उत्रेको कोलकत्ताले खराब सुरुवात गर्यो। मात्र २.२ ओभरमा ३ रनको स्कोरमा कोलकत्ताले ३ विकेट गुमाइसकेको थियो। रन रेट न्यून र विकेट झर्दै गए पछि २० ओभरको खेलमा कोलकत्ताले ८ विकेट गुमाउदै ८४ रन मात्र बनाउन सक्यो। कोलकत्ताको क्याप्टेन इयान मोर्गनले टिमलाई मजबुत स्कोरमा अगाडी बनाउन खोजेपनि उनी ३४ बलमा ३० रन बनाई आउट भए। मोर्गन बाहेक अन्य कुनै ब्याट्सम्यानले सम्मान जनक रन बनाउन सकेनन।

आरसीबी को तर्फबाट मोहम्मद सिरजले सर्बाधिक ३ विकेट झारे। त्यस्तै युजवेंद्र चहलले २, वाशिंगटन सुन्दरले १ र नवदीप सैनीले १ विकेट प्राप्त गरे।

८५ रनको सानो लक्ष्यलाई जित्न मैदानमा उत्रेको बेंगलोरले २ विकेटको क्षतिमा १३.३ ओभरमा सजिलै खेल जितेको थियो। बेंगलोरको तर्फबाट देवदत्त पदिक्कलले २५, आरन फिंचले १६, गुर्कीरत सिंहले २१ र विराट कोहलीले १८ रनको योगदान दिएका थिए।

कोलकत्ताको तर्फबाट लोकी फ़र्गसनले बेंगलोरको १ विकेट प्राप्त गरे। 

बेंगलोर र कोलकत्ता बीच भएको खेलमा बलिंग पर्दर्शन राम्रो गरे बाफत मोहम्मद सिरजले  उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे। उनले ४ ओभरमा ८ रन खर्च गरेर ३ विकेट प्राप्त गरे। 

आज बिहिबार आईपीएल २०२० को ४० औं खेल राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच हुने भएको छ। यो खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे बाट सुरु हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *