बर्दियामा वेवारिसे अवस्थामा पेस्तोल बरामद

बर्दियामा प्रहरीले वेवारिसे अवस्थामा १ थान पेस्तोल मंगलबार बिहान बरामद गरेको छ। 

बर्दियाको गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा प्रहरीले एउटा पेस्तोल फेला पारेको छ। प्रहरीका अनुसार  फेला परेको वेवारिसे १ थान पेस्तोलमा मेड इन इटाली लेखिएको छ । उक्त पेस्तोल प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको हो। उक्त  वेवारिसे पेस्तोलको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *