इच्छा मृत्यु लाई न्युजिल्याण्ड वैधानिकता दिने पक्षमा

‘इच्छा मृत्यु’ विचार मतदानमा न्युजिल्याण्डले पक्षप्रति झुकाब रहेको देखिएको छ। आम निर्वाचनको दौरान गरिएको जनमत संग्रहमा न्युजिल्याण्डले जारी यो महिनामा सो नतिजा पेश गरेको छ। 

प्रकृति विपरीत आफै जीवनलाई समाप्त गर्ने व्यवस्था ‘इच्छा मृत्यु’ बिचार बिमर्स चल्दै गर्दा न्युजिल्याण्डले आफ्नो बिचार पेस गरेको छ। ‘इच्छा मृत्यु’ व्यवस्था अनुसार न्युजिल्याण्डमा दीर्घकालिन र गम्भीर बिरामी भएकालाई उनीहरुको इच्छाअनुसार मृत्यु रोज्न मद्दत  मिल्नेछ। ‘इन्ड अफ लाइफ च्वाइस बिल’ नामक कानुन व्यवस्थाको पक्ष वा विपक्षमा न्युजिल्याण्डका जनतालाई मतदान गर्न भनिएको थियो। 

हाल प्रारम्भिक नतिजाअनुसार ६५.२ प्रतिशतभन्दा बढी मतदान इच्छा मृत्युको पक्षमा खसेको देखिएको छ। स्रोतका अनुसार झन्डै ५ लाख मत अझै गन्ती गर्न बाँकी छ। यसको अन्तिम नतिजा नोभेम्बर ६ मा पेस गरिने भनिएको छ। यदि अन्तिम नतिजा पनि इच्छामृत्युको पक्षमा भयो भने न्युजिल्याण्ड नेदरल्याण्ड र क्यानडापछि पछि इच्छा मृत्युलाई वैधानिकता दिने राष्ट्र बन्नेछ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आड्र्रेनको विचार बुझ्दा उनी इच्छामृत्यु र रमाइलोका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने पक्षमा छिन। गाँजाको वैधानिकता बारे  न्युजिल्याण्डमा ४६.९ प्रतिशत मात्र जनताहरुले सहमती जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *