अब सरकारी अस्पतालहरुमा धरौटी शुल्क नराखी उपचार हुने

सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारद्वारा निर्देशन दिएको छ । यस अघि विभिन्न सरकारी अस्पतालहरुले सरकारी निर्देशन अनुसार भन्दै सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरिरहेका थिए। यस्तो भ्रम र अनौपचारिक कार्य रोक्न सरकारले यस्तो निर्णय गरेको हो ।

स्रोतका अनुसार उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोभिड १९ वा कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना जारी गरेका थिए । यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टीकरण समेत माग गरिएको छ। आफै उपचार गराउन सक्षमसंग शुल्क लिन र उपचार गर्न नसक्नेको निःशुल्क उपचार गर्न सरकारले  निर्देशन दिएको डा. गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *