काँकरभिट्टामा लागुपदार्थ सहित एक जना भारतीय पक्राउ

झापाको मेचीनग–६ को सीमा क्षेत्रबाट प्रतिबन्धित लागुपदार्थ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ परेका ती व्यक्ति दार्जीलिङ पश्चिम बङ्गाल खोरीबारीका २५ वर्षीय साधिक आलम रहेको जनाएको छ ।

लागुपदार्थ सहित नेपाल प्रवेश गरेका आलमलाई शनिबार अपरान्ह नियन्त्रणमा लिएको थियो । आलमलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले रंगे हात समाती नियन्त्रणमा लिएको हो।

प्रहरीले आलमबाट २६ ग्राम ब्राउनसुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै आलममाथि कानूनी कारबाही अगाडि बढाइएको सुचना दिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *