नेपाल वायु सेवा निगम मा नयाँ सफ्टवेयर लागु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो वायु सेवामा नयाँ सफ्टवेयर जडान गरेको छ । निगमले पहिले सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयरलाई परिवर्तन गरेर नयाँ अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) भित्र्याएको छ।

स्रोतका अनुसार उक्त सफ्टवयर एयरबस कम्पनीद्वारा विकास गरेको अत्याधुनिक सफ्टवेयर रहेको छ ।

उक्त एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटिम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसन जस्ता विशेषताहरु रहेको छ। अत्याधुनिक प्रविधिसहित र बहुउपयोगी रहेको उक्त सफ्टवयर एयरलाइन्सलाई फाइदाजन रहेको निगमले बताएको छ । यस सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने भन्ने नेपाल वायु सेवा निगम को विश्वास रहेको छ ।

यस प्रतिस्पर्धात्मक युगमा वायु सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न र व्यवसायिक सफलताका लागि नयाँ परिवर्तन आवश्यक रहने एयरलाइन्सको भनाई छ। यस्तो प्रविधिले वायु सेवामा थप सुधार हुने एयरलाइन्सले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *