त्रिवि को परीक्षार्थीले आफुलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने

त्रिभुवन विश्वविद्यालयले परीक्षार्थीहरुलाई पायक पर्ने परीक्षा केन्द्र उपलब्ध गराउने व्यवस्था गरेको छ । बन्दाबन्दी र लकडाउनका कारणले हुन नसकेका परीक्षाहरु त्रिविले कोरोना संक्रमणलाई  नियन्त्रण गर्न विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

उक्त व्यवस्था अनुसार अब विद्यार्थीहरु जहाँ छन् त्यहीँ नजिकको त्रिवि ले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउँछन। यस्तो व्यवस्था भएपछि अब धेरै विद्यार्थीहरुलाई काठमाडौँ आउनुपर्ने चिन्ता छैन। त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ वा कोरोनाको विपद समयमा विद्यार्थीलाई सजिलो होस भनेर परीक्षा केन्द्र बिद्यार्थीहरु बसेको स्थान नजिकै तोक्ने निर्णय गरिएको बताउनुभयो ।

त्रिवि ले अनलाइन फाराम मार्फत विद्यार्थीलाई तोकिएको परीक्षा केन्द्र रोज्न व्यवस्था मिलाएको छ। यसका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने स्थानमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने व्यवस्था छ। वेवसाइटको लागि https://tuexam.edu.np/ मा जानु होला। 

वेवसाइटमा गएर रजेष्टर गरेर वा लग इन भएर विद्यार्थीले परीक्षा केन्द्र छान्न सक्छन  र सोही परीक्षा केन्द्रबाट परीक्षा दिन सक्छन। त्रिविको सुचना अनुसार यही मङ्सिरको दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षाहरु पुन: संचालन हुन्छन।

रजिष्ट्रार डा दाहालका अनुसार प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीहरुले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था छ। उहाँले एक दुई दिनभित्रमा नै त्रिविको सबै परीक्षाको समय तालिका र कार्यतालिका प्रकाशन गरिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *