पहिलो क्वालिफायर पछि मुम्बई आइपीएल २०२० को फाइनलमा

आइपीएल २०२० को ५७ औँ खेल जित्दै मुम्बई इन्डियनस फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली क्यपिटल्सलाई ५७ रनले हराउदै मुम्बई इन्डियनस फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। यस अघि मुम्बई २०१३, २०१५, २०१७ र २०१९ को आइपीएल उपाधि जिती च्याम्पियन भइसकेको छ। रोहित शर्माको कप्तानीमा ४ पटक आइपीएल उपाधि जितेको मुम्बई यो सिजन पाँचौ उपाधि जित्न एक खेल मात्र टाढा छ। 

५७ औँ खेलमा दिल्ली टस जितेर सुरुमा बलिङ्ग गर्ने निर्णय गरेको थियो। ब्याटिंग गर्न मैदान उत्रेको मुम्बईको सुरुवात राम्रो नभए पनि अन्तमा ५ विकेट गुमाउदै २०० रनको विशाल स्कोर खडा गर्न सफल भयो। मुम्बईको तर्फबाट इशान किशनले ५५, सुर्याकुमार यादवले ५१, क्वीन्तन डीककले ४० र हार्दिक पांदियाले ३७ रनको महत्तोपुर्ण योगदान दिए।

मुम्बईका ब्याट्सम्यानहरुलाई सामना गर्दै   दिल्लीको तर्फबाट रविचन्द्रन आश्विनले सर्बाधिक ३ विकेट लिए भने अनरिच नोर्जे र मार्कस स्टोइनिसले १-१ विकेट प्राप्त गरे।

जीतको लागि २०१ रनको लक्ष्य पाएको दिल्लीको सुरुवात धेरै नै खराब रह्यो। टिमको शुन्यको स्कोरमा दिल्लीका ३ ब्याट्सम्यान आउट भइसकेका थिए। २० ओभरको खेल सकिँदा दिल्लीको स्कोर ८ विकेटको नोक्सानीमा १४३ रनमा सिमित भयो। 

मुम्बईको तर्फबाट जस्प्रित बुमराले ४ ओभरमा एक मेडन ओभर सहित १४ रन दिदै सर्बाधिक ४ विकेट झारे। र उनको यहि खेल प्रदर्शनले गर्दा उनलाई सो खेलको उत्कृष्ट खेलाडीको उपाधि दिएको थियो। त्यसैगरि ट्रेन्ट बोल्टले २, क्रुनाल पांदिया र काइरन पोलार्ड ले १-१ विकेट साझा गरे ।

पहिलो क्वालिफायर पछि आज शुक्रबार एलिमिनटर खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेंजर्स बेंगलोर भिड्ने छन। जुन टिम आउट हुन्छ त्यो टिम टुर्नामेन्टबाट बाहिरिने छ भने जित्ने टिम दोस्रो क्वालिफायरको लागि दिल्लीसँग भिड्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *