पौडी खेल्ने क्रममा पाल्पामा एक जनाको मृत्यु

पाल्पा जिल्लामा पौडी खेल्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु भएको व्यक्ति तानसेन नगरपालिका वडा नं. १ गेरागाउँ बस्ने २१ बर्षिय विनित बस्याल रहेका छन। बस्यालको ज्यान पौडी खेल्ने क्रममा डुवेर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार बस्याल बगनासकाली गाउँपालिका वडा नं. ७ रानीघाट स्थित कालीगण्डकी नदीमा अपरान्ह १२ बजे पौडी खेली रहेका थिए। सोहि क्रममा नदिमा डुबेर बस्यालको ज्यान गएको हो। 

बस्यालको शव कालीगण्डकी नदी देखी १५० मिटर पुर्व पानीको खोल्सामा फेला पारिएको थियो। शव फेला पारे पछि स्थानिय र प्रहरीको सहयोगमा शवलाई झिकाइएको थियो। सो घटनाको थप अनुसन्धान  जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक मदन गिरीले बताउनु भएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *